सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको निर्माण तिव्र गतिमा अघि बढिरहेको बताएको छ ।
पश्चिम अमेरिकामा रहेको नेपालीहरुको छाता संस्था वानासंगको सहकार्यमा कम्यूनीटि सेन्टर बनाउने निर्णय गतबर्ष गरिएको थियो । नेपालको सोलखुम्बुमा निर्माण हुने सो सामुदायीक भवनको लागी वानाका अध्यक्ष उत्तम कार्कीले आफ्नो जग्गा भवनको नाममा दान गरेका थिए भने केहि समय अघि सियाटलमा ५ हजार डलर सहयोग संकलन गरिएको थियो ।
संघका अध्यक्ष मणि नेपाली पनेरुले २०१७ को समिक्ष गर्दैे जारि गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “सिमित श्रोत साधन र समयका बावजुद सामाजीक अभियान, सास्कृतिक संरक्षण र संचारसंगको सहकार्य मार्फत एनएजीसीले महत्वपुर्ण सफलता हात पारिरहेको छ ।” बिशेष गरि साझेदारि कार्यक्रमहरु र संस्था विस्तारमा ठुलो प्रगति भएको एनएजीसीको दाबी छ । सनफ्रान्सिस्कोमा बन्न लागेको नेपाली सामुदायीक भवन निर्माण कार्यमा पनि आफ्नो गर्विलो उपस्थिति रहेको एनएजीसीले बताएको छ । त्यसैगरि दुबइको जेलमा रहेका नेपाली अमर बमलाइ बचाउने प्रयासमा प्रगति हासिल गरेका संस्थाले दाबी गरेका छ । एनएजीसीले अमर बचाउ अभियान संचालन गरेको थियो । संस्थाका अध्यक्ष मणि नेपाली पनेरु दुवइको जेलमा पुगी बमलाइ भेटेर आएका थिए । नेपाली अधिकारि समक्ष बमको बचाउको लागी पहल गर्न एनएजीसीले आग्रह गर्दै आएको छ । केहि महिना अधि राष्ट्रपति विद्यादेवि भण्डिारीले दुबइ भ्रमणको क्रममा अमर बमको रिहाको लागी त्याहाँका समकक्षि समक्ष आग्रह गरेकी थिइन ।

अध्यक्ष मणि नेपाली पनेरु

गत जुलाइमा एनएजीसीका अध्यक्ष मणि नेपाली पनेरु व्हइट हाउसबाट प्रेसिडेन्ट भोलिन्टियर अवार्डबाट विभूषित भए पछि संस्थाको प्रतिष्ठाले थप उचाइ हासिल गरेका ठहर गर्दै आगामी दिनमा थप प्रभावकारि कार्यक्रम योजना संचालन गर्ने संस्थाको विज्ञप्तिमा उल्लेख गरिएको । व्हइट हाउसले एनएजीसी मार्र्फत समाजीक क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत पनेरुलाइ प्रेसिडेन्ट भोन्टियर अवार्ड गोल्ड प्रदान गरेका थियो ।
नेपाली कलासंस्कृतिको प्रवर्धन र सुचनाको पहुँचमा विगत देखिनै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको एनएजीसीले हरेक बर्ष विभिन्न कलाकर्मीलाइ अवार्ड समेत प्रदान गर्दै आएको छ, सोहि कार्यलाइ थप विस्तार गर्नेक्रममा यसबर्षदेखि नेपालको प्रतिष्ठित मिडिया हाउस जनसवाल मिडिया नेटवर्कको सहकार्यमा एकहजार डलर राशिको एनएजीसी अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पुरस्कार रकम एनएजीसीका अध्यक्ष पनेरुले आफ्नो बुवाआमाको नाममा स्थापना गरको कोषबाट उपलब्ध गराउने र संयोजन तथा छनोटको सम्पुर्ण जिम्मेवारि जनसवाल मिडियाले गर्ने सहमति भएको छ । पुरस्कार छनोट सम्बन्धी सबै काम सकिएको र अव केहि दिनमा नै विजेता घोषण गरिने पनेरुले बताएका छन् । गत नोभेम्बरमा विभिन्न संचारमाध्यममा सुचना जारि गरि विश्वभरबाट आवेदन माग गरिएको थियो । “पुरस्कार वितरण कार्यक्रम डिसेम्बरमै गर्ने योजना भएता पनि नेपालको राष्ट्रिय चुनावको कारण केहि ढिलाइ भएको हो” पनेरुले भने ।
एनएजीसीको विश्वभर ३५ वटा देशमा शाखाहरु छन् भने निकट भविश्यमै स्पेन, पोर्चुगल, कतार र अष्ट्रेलियामा शाखा खोल्ने तयारि भैरहेको छ । संस्थाले आगामी मार्चमा अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारि गरिरहेको पनेरुले जानकारि दिए ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com