मोरङमा राजधानीको माग गर्दै अनशन


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

पुस २१, मोरङ । विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी माग गर्दै मंगलबारदेखि विराटनगरमा मोरङ मुस्लिम समाजले २४ घण्टे रिले अनशन थालेको छ ।

विराटनगरलाई राजधानी नतोके थप आन्दोलन सुरु गर्ने भन्दै मुस्लिम समाज अनशनमा बसेको हो ।

ऐतिहांसिक, सामाजिक र आर्थिक रुपमा सक्षम रहेको विराटनगरलाई कुनै पनि हालतमा प्रदेश नम्बर १ को राजधानी तोकिनु पर्ने उनीहरुको माग छ ।

राजधानीलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार सम्पन्न विराटनगरलाई राजधानी तोक्नु पर्ने उनीहरुको माग छ । विराटनगरस्थित वि प्लटमा रिले अनशन वसेको मुस्लिम समाजले प्रमुख जिल्ला अधिकारीलाई आन्दोलनको कार्यक्रमबारे जानकारी गराउदै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत पठाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com