एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

पुस २१, काठमाण्डौ,। काठमाडौंबाट दोलखा जाँदै गरेको ज १ च १२५४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ । धुलिखेल नगरपालिकाको खावा भन्ने स्थानमा भएको दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

काठमाडौंबाट दोलखाको जिरीका लागि गुडेको एम्बुलेन्स धुलिखेल नगरपालिकाको सडकबाट ७ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि एम्बुलेन्स चालक रामकृष्ण बुढाथोकी र एम्बुलेन्समा रहेकी लक्ष्मी खड्का घाइते भएको प्रहरीले जनाएको छ ।

चालकको टाउकोमा गहिरो चोट रहेकाले चालक बुढाथोकीको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com