ल्याटीन अमेरिकामा ५२ वर्षदेखि चलेको गृहयुद्ध अन्त्य


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

ऐतिहासिक शान्ति सम्झौतासँगै कोलम्बियामा ५२ वर्षदेखि चलेको गृहयुद्ध अन्त्य भएको छ । ल्याटीन अमेरिकी राष्ट्र कोलम्बिया सरकार र कम्युनिष्ट विद्रोही फार्कबीच ऐतिहासिक शान्ति सम्झौता सम्पन्न भएको छ ।  राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति जुवान मयानुअल सान्तेष र माक्र्सबादी विद्रोही नेता टिमोचेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै ५२ वर्षसम्म चलेको युद्ध समाप्त भएको छ । क्युवामा चारबर्ष सम्म चलेको शान्तिवार्ता पछि राष्ट्रपति सान्तोष तथा ५७ बर्षीय टिमचेन्को अर्थात रोड्रिगो लोन्डोनोले कोलम्बियाको माटोमा हातमिलाएका थिए । यससँगै ल्याटीन अमेरिकीको लामो समयसम्म चलेको युद्धको अन्त भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो ।  शान्ति सम्झौता लागू भएपछि युरोपियन युनियनले कोलम्बियाको पुनर्निर्माणमा मद्दत गर्ने छ ।

सम्झौतालगत्तै युरोपियन युनियनले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी संगठनको सूचीबाट हटाएको छ । शान्ति सम्झौताको हस्ताक्षर कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिस्ट पार्टीको सशस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाए । यो कदममा कसैले पनि शंका नराख्न पनि उनले आग्रह गरे । सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ । जनमतसंग्रहबाट अनुमोदन भएपछि यो कानुन बन्ने बताइएको छ ।

आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको ज्यान गएको थियो भने ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । उक्त शान्ति सम्झौता हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिब बानकी मुन, क्युबाका राष्ट्रपति राहुल क्याष्ट्रो तथा अमेरिकी बिदेशमन्त्री जोन केरी उपस्थित थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com