चिसोमा कठ्यांग्रिएर बसिरहेकाको लागि ‘न्यानो’ कपडा बितरणमा ब्यस्त धुर्मुस-सुन्तली [ Photo ]


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

काठमाडौं,पुस २० – समाजसेवी तथा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिबेला तराईको चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित समुदाय र अनाथ बालवालिकाहरुलाई न्यानो कपडा बितरणमा ब्यस्त छन् । रौतहटको चन्द्रपुरमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माणको अन्तिम तयारी भईरहेको अवस्थामा चिसोका कारण प्रभावित बनेका तराईबासीहरुको अवस्थालाई मध्यनजर गदैं उनिहरु न्यानो बितरणमा लागेका हुन् ।

धुर्मुस सुन्तलीले जनकपुर सहित केही स्थानहरुमा न्यानो कपडा बितरण गरिसकेका छन् । उनिहरुले जनकपुर उपमहानगरपालिका १ स्थित रहेको धर्मवान टोलको दलित बस्ती र जनकपुर कविर अनाथ बालआश्रममा कम्बल बितरण गरेका छन् । घरघरमा पुगेर धुर्मुसले धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार कम्बल बितरण गरे । धुर्मुसले न्यानो बाँडेको उक्त बस्ती गत असारमा आएको बाढीले डुवानमा परि दर्जनौं घरपरिवार बिस्थापित भएका थिए । त्यस समयमा समेत धुर्मुस सुन्तली फाउण्डेशनले उक्त स्थानमा खाध्यान्न सहितका राहत सामाग्री बितरण गरेको थियो ।

त्यस्तै धुर्मुस सुन्तलीले जनकपुर ८ स्थित कविर अथाल बाल आश्रमका १० बालवालिकाका लागि २० वटा कम्बल समेत प्रदान गरेका छन् । बालआश्रममै पुगी धुर्मुसले उक्त आश्रमका संचालक सत्यनारायण आलोकलाई उक्त न्यानो हस्तान्तरण गरेका हुन् । यससंग धुर्मुस सुन्तलीले तराईका बारा, रौतहट र धनुषाका बिभिन्न दलित बस्तीमा पुगेर सयौं घरपरिवारलाई झण्डैं एक हजार पाँच सय न्यानो कम्पल वितरण गरिसकेका छन् ।

यता धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको एकीकृत नमुना सन्तपुर बस्तीको अन्तिम चरणको काम भईरहेको छ । बस्तीका सबैजसो घरहरुको निर्माण लगभग सकिन लागेको छ । बस्तीमा मन्दिर, धाराहरु र भ्यु टावर बाहेकका सबै संरचना निर्माण भईसकेको परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिएका छन् । फाउण्डेशनका अनुसार बस्ती निर्माण अन्तिम चरणमा पुगेपनि बस्तीका लागि लाग्ने झण्डैं २ करोड सहयोग जुट्नै बाँकी छ । ५ करोड ९५ लाखमा निर्माण हुने यस बस्ती भित्र २ तले ४८ वटा आवासिय घरहरु निर्माण हुनेछन् ।

बस्तीका लागि सहयोग ठिला गरि जुटेपनि हस्तान्तरण सम्ममा लागत उठिसक्ने धुर्मुसले जानकारी दिएका छन् । यता न्यानो बितरणको अभियान सुरु भएसंगै फाउण्डेशनलाई केही सहयोग संकलन भने आउन थालेको छ । न्यानो बितरणका लागि केही सहयोगीहरुले बस्तीमै गएर आर्थिक सहयोग दिएका छन् । फाउण्डेशनका अनुसार जाडोले कठ्यांग्रिएर बस्नु परेका अधिंकाश स्थानहरुमा न्यानो पुर्याउने तयारी भईरहेको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com