राजदूतको भ्रष्टाचारको विरोध गर्दा आइएस आतंककारी !


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

आइएस आतंककारीसँग मिलेको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका एनआरएन मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहीले त्यहाँस्थित राजदूत निरञ्जनमानसिंह बस्नेतको भ्रष्टाचारको विरोध गर्दा आफूलाई आइएस आतंककारीको आरोप लगाइएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले मलेसियामा बस्ने नेपालीहरुलाई नेपाल फर्काउन मलेसियाका लागि नेपाली राजदूत बस्नेतले गैरकानुनीरुपमा कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई चर्को रकम असुलेको आरोप शाहीले लगाएका छन् । शाहीले दूतावास परिसरमा कोप्रासीको कार्यालय खोल्ने ठाउँ उपलब्ध गराई बस्नेतले गरेको अनियमितताको विरोध गर्दा आफूलाई नेपाल फर्काइएको बताए । नेपालीहरुले घर फर्किनका लागि बुझाउने आरएम १२५० को रसिद दिएर आरएम २१०० सम्म असुल्ने गरेको पाइएपछि त्यसैको विरोध गर्दा कारणले रिसइवी साँध्न आफूमाथि गम्भीर आरोप लगाएर फसाउन खोजेको शाहीले बताए ।

‘राजदूतले कोप्रासी संस्थासँग मिलेर ३६ करोड भ्रष्टाचार गरेको आरोपमा एनआरएनए मलेसियाका निवर्तमान महासचिव सुनिल चालिसेलेसर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गराउन दबाब दबाब दिइएको थियो’, उनले भने, ‘नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशकसहितको टोली मलेसिया आउँदा पनि राजदूतको उक्त कार्यको अनुसन्धानका लागि पहल गर्न हामीले आवाज उठाएका थियौँ । त्यही कारण मलाई फसाउन खोजिएको हो ।’

आफूसहितले कोप्रासीको माध्यमबाट राजदूत बस्नेतले रकम असुलेको बारेमा विरोध गरी ठगिएका नेपालीको रकम फिर्ताका लागि पहल गर्दा रिसइबी साँधेर नेपाल फर्काइएको शाहीले जिकिर गरे । ‘गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीहरुलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, बिमासमेत गरी जम्मा १३२० रिंगेटमा घर फिर्ता गर्न सकिने अवस्था हुँदाहुँदै करिब एक हजार बढी रकम लिएकोमा हामीले विरोध गरेका थियौं’, शाहीले भने, ‘त्यहीकारण राजदूतले इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेलमार्फत मविरुद्ध झुटो आरोपको निवेदन दिन लगाई सोही बहानामा फसाउन खोजेर मलेसिया प्रशासनमार्फत पक्राउ गरियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाहीले आफूलाई १४ दिनसम्म हिरासतमा राखेर राजदूतकै आग्रहमा कुनै अपराधमा संलग्न नभएको आफूलाई ५ वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाएको बताए । उनले आफ्नो त्यहाँ रहेको सबै चलअचल सम्पत्ति रोक्का राखी भिसा समेत रद्द गरे अन्यायपूर्वक नेपाल फकाईएको दाबी गरे । उनले मलेसियाबाट नेपाल आएपछि पनि आफूमाथि प्रहरीले आतंककारीको जस्तो व्यवहार गरेको गुनासो गरे । ‘मलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसरमा ११ दिनसम्म थुनियो’, उनले भने, ‘राजदूतले दाबी गरेअनुसारको अन्य कुनै अपराधमा संलग्नता नदेखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ हजार धरौटीमा छोडिएको छ । राजदुत बस्नेतले आइएससँग संलग्न रहेको भन्ने झुठा आरोप फैलाएर फसाए ।’

उनले राजदूत बस्नेतले गरेका गैरकानुनी हर्कतका कारण मलेसियामा बसोबास गर्ने अन्य नेपाली समेत लुकिछिपी हिँड्दै पीडादायी जीवनयापन गर्न बाध्य भएको बताएका कारोबारमा खबर छ । ‘म जस्तो व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई अनाहकमा राजदूत र राजदूतावासले गरेका गलत कार्यको विरोध गरेकै भरमा आइएसजस्तो आपाराधिक संगठनसँग आबद्धता रहेको भनी झुठा आरोप लगाउनु कतिसम्म न्यायसंगत हुन्छ ?’, उनले प्रश्न गरे, ‘ममाथि लागेका आरोपको सत्यतथ्य सार्वजनिक हुने विश्वासमा छु । दोषी ठहरिएजस्तोसुकै सजाय भोग्न तयार रहेको छु ।’ निर्दोष नेपालीलाई विनाकारण यति ठूलो आरोप लगाई फसाउने षड्यन्त्र बुन्ने राजदूत डा. निरन्जनमानसिंह बस्नेत र उनका सहयोगीलाई सरकारले तुरुन्त छानविन गरी कारबाही गर्नुपर्ने शाहीको जिकिर थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com