अमेरिकामा यसरी मनाइयो उधौली


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) च्याप्टर अमेरिकाले सांस्कृतिको कार्यक्रमको आयोजना गरेर किराँत राईहरुको पर्व उधौली पर्व मनाएको छ ।

भुवन राईको अध्यक्षता, युनाइटेड किराँत राई अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष विष्णु राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन संस्थाका डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) च्याप्टर उपाध्यक्ष केशव राईले गरेका थिए भने डिएमभिपीकी महासचिव माया राईको स्वागत मन्तव्य रहेको थियो । उक्त कार्यक्रममा प्रमुखअतिथि राईले संसारभरी छरिएर रहेका किराँत राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए । राईले आफ्नो संस्कृति रक्षाका लागि सबै संसारभरी छरिएर रहेका राईहरु एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोहि क्रममा कार्यक्रमका अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार शिव कुमार राईले अमेरिकाका ५० वटै राज्यमा राईहरुको संजाल विस्तार गर्नुपर्ने बताउँदै संसारभरी रहेका राईहरुको एउटै छाता संगठन बनाउनुपर्ने बताएका थिए । त्यस्तै केन्द्रीय उपसभापति मुना राईले संस्थालाई बलियो बनाएर अगाडि बढाउनुपर्ने सबैको दायित्व रहेको बताएकी थिइन् भने न्युइंग्ल्याण्ड च्याप्टरका सभापति मुक्ति नारायण राईले अमेरिकाका सबै राज्यमा रहेका राईहरुले आफ्नो संगठनप्रति चासो देखाउनु पर्ने र संगठनको गतिबिधिमा सहयोग गर्नुपर्ने बताए । त्यस्तै युनाइटेड किरात राईका सल्लाहकार मिलन राईले डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) च्याप्टरले गठन भएको छोटो समयमै कार्यक्रमको आयोजना गरेर विभिन्न राज्यबाट सबैलाई उपस्थित गराएर कार्यक्रम सफल बनाएकोमा धन्यवाद दिएका थिए ।

साथै अर्का सल्लाहकार प्रभाकर राईले किराँत राइ युवाहरुको भविष्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय तथा आफ्नो संस्कार र संस्कृति बुझाउनका लागि संगठनले ठूलो भूमिका खेल्नुपर्ने बताएका थिए ।  त्यस्तै डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) बोर्ड चेयर प्रकाश राईले अमेरिका भरीका राईहरु एक भएर आफ्नो संस्कृति संरक्षणका लागि अघि बढ्नुपर्ने बताएका थिए भने संस्थाका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले डिएमभिपी ४ वटा राज्यको एउटै च्याप्टर भएर बस्नुभन्दा आफ्नै राज्यमा संगठन विस्तार गर्नु उपर्युक्त हुने बताएका थिए ।

 

कार्यक्रममा डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) संस्थाको केन्द्रीय सदस्यमा प्रकाश राईलाई सर्वसम्मतिले मनोनोति गरियो । सांस्कृतिक समेत रहेको उक्त कार्यक्रममा गायक प्रकाश राई, प्रभाकर राई, सरिता राई भुवन राई, रितेश श्रेष्ठको गायन प्रस्तुतिले सबैलाई मनोरन्जन गराएको थियो । साथै अनिसा राई र निमा शेर्पाले नृत्य प्रस्तुत गरेका थिए । सोहि अबसरमा न्यूयोर्कबाट केन्द्रीय कोषाध्यक्षको नेतृत्वमा रुद्र राई, लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने न्युह्याम्पसायर, बोस्टन, मेरिल्याण्ड, न्युजर्शी, भर्जिनिया, वाशिंङटन डिसी, पेन्सिलभेनिया लगायतका राज्यबाट संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा डिएमभिपी  (वासिंङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) च्याप्टरका सभापति चुवन राईले सबैलाई धन्यवाद दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com