बुहारीले दिइन् सासुलाई दागबत्ती


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

शान्ता कमली

लमजुङ । धर्म र परम्पराका नाममा कतिपय लैंगिक रूपमा असहज लाग्ने चलन संस्कारका रूपमा चलेका छन् । यथार्थमा यी कुसंस्कार हुन् । यहि कुसस्कारलाई तोड्दै लमजुङमा बुहारीले सासुलाई दागबत्ती दिएकी छन् । दोर्दी गाउँपालिका २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिएकी हुन् ।

मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिइ किरिया गरेकी हुन्। अझै पनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ, ‘सोविताले भनिन् ‘यो परम्परालाई तोड्न र आँट गरे महिलाहरु पनि सक्षम छन्।’ अर्चलबोट निवासी बुद्धिमाया कुँवरको ७० वर्षको उमेरमा पुस १४ गते मृत्यु भएको थियो। महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानुहुन्न भन्ने परम्परा रहे पनि अब त्यो अन्त्य भएको नागरिक अगुवा रामप्रसाद पौडेलले बताए ।

कुरीति विरुद्धको राष्ट्रिय सञ्जालका अनुसार नेपालमा विधवा प्रथा, बालविवाह, बहुविवाह, किरियापुत्री, कन्यादान, दाइजो, तिलक, छुइप्रथा, घुम्टो, झुमा, तलाक, बेलविवाह, कुमारी, बोक्सी लगायतका ३५ वटा कुसंस्कार छन् । यिनले महिलामाथि हिंसा बढाएको छ । यी कुसंस्कारले महिला हिंसामात्रै होइन, महिला र पुरुष बीचमा भेदभावसमेत सिर्जना गरेका छन् । यो बुझेका जिल्लाका केही महिला अहिले कुसंस्कार फेर्न जुटेका छन् । उनीहरूले भाषण होइन, आफूबाटै व्यवहार परिवर्तन गरेका छन् । छोरा नभए सट्टामा खोजेर भए पनि किरियापुत्री बसाल्ने चलनलाई समेत यहांँका महिलाले फेर्न थालेका छन् । यस मध्येकी हुन् अर्चलबोटकी सबिता कुबंर । उनले आफ्नी सासुआमाको एक्लै अन्त्येष्टि गरिन् .

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला तथा बालबालिका कार्यालयका अनुसार पछिल्लो समय लमजुङमा विधवाले रातो लुगा लगाउनु हुँदैन भन्ने समाजमा आफ्नै घरबाट रातो लुगा लगाइदिने, पत्नीको सम्बन्धविच्छेद नगराइदिने, महिनावारी हुँदा छुइ बार्ने चलन हटाउने, जस्ता कामका सुरुवात भएका छन् । यस्ता काम कतै महिला आफैले स्वस्फुर्त गरेका छन् । कतै संघ–संस्था र महिला विकास कार्यालयबाट भएका छन् । कुसंस्कार तोड्ने कामले महिला हिंसा घटाउन र लैंगिक समानता कायम राख्न निकै सहयोग गर्छ महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत विष्णुमायाँ पौडेलले भनीन् । उनी भन्छीन् “समुदायमा कतिपय कुसंस्कार धार्मिक र सामाजिक कानुनसरह” रहेका छन् ।

यिनलाई हटाउन निरन्तर अभियान चाहिन्छ । धर्म र परम्परा अनुसार कुसंस्कार छुट्टाछुट्टै प्रकृतिका हुन्छन् । जाति, समुदाय, धर्म र उमेर अनुसार हुन्छन् । यसले मात्रै धर्म र परम्पराका रूपमा रहेका लैंगिक हिंसा र कुसंस्कार घटेर समानतामूलक समाज निर्माण हुने बेशिसहर नगरपालिकाका उपमेयर लक्ष्मी अधिकारी बताउँछिन् । उनले भनीन् कुसंस्कार हटाउन सबै क्षेत्र र समुदायमा सचेतना फैलाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com