हलेसी बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

 

पुस १९ , खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् ।

मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । केही घरलाई भत्काएर आगो राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

अचानक लागेको आगो मगमको घरबाट शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय, हलेसीका प्रहरी र स्थानीयवासीले करिब साढे तीन घण्टापछि नियन्त्रणमा लिएका हलेसीबाट टिवन राईले जानकारी दिए । आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको नगर प्रमुख राईले बताए ।

नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

आगलागीमा ठूलो मात्रामा धनमाल नष्ट भए पनि मानवीय क्षति नभएको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com