१२ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता तस्विरमा


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

पूर्वी नेपालको इटहरीमा १२ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिएको छ । इटहरी रंगशालाको कभर्डहलमा प्रतियोगिता गरिएको हो । अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता पोर्टल्याण्ड अमेरिकाको मुख्य आयोजनामा गरिएको प्रतियोगितामा झण्डै दर्जन देशका ७ सय भन्दा धेरै खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा खेलकुदमन्त्री राजेन्द्र कुमार केसी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालय पोर्टल्याण्डकी करेन ब्ल्याकलेज, राजनीतिक दलका नेताहरु, सांसद, स्थानीय जनप्रतिनिधिहरु, विश्वभरबाट प्रतियोगितामा सहभागी हुन उपस्थीत खेलाडीहरु, प्रशिक्षकहरु, रेफ्रीहरु, संचारकर्मी र दर्शकहरुको सहभागिता रहेको थियो । २ दिनसम्म चलेको प्रतियोगिताको समापन समारोहमा विजेताहरुलाई मेडल प्रदान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजक कमिटिका संयोजक राष्ट्र राई र ग्रयाण्डमास्टर दिवाकार डान महर्जनको विशेष सकृयतामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो । महर्जन सन् २००० देखि नै अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताका प्रतियोगिता निर्देशक हुन् ।

 

हरेक दुई बर्षमा हुने यो प्रतियोगिताको १३ औं संस्करण २०२० मा अमेरिकामा हुनेछ । यो बर्षको प्रतियोगिता अष्ट्रेलियामा हुने तय भएतापनि भूकम्पबाट तंग्रदै गरेको नेपाललाई खेलकुदको माध्यवमबाट पर्यटन प्रवद्र्धन समेत होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको ग्रयाण्डमास्टर दिवाकर डान महर्जनले बताए ।

प्रतियोगितामा पुगेका खसोखासकर्मी बिक्रम खत्रीले खिचेका केही तस्विरहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com