सेफ्टी पिन अभियान पुनः शुरु


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, काठमाडौं । सार्वजनिक स्थलमा महिलामाथि हिंसा हुने गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सञ्चालन गरेको ‘सेफ्टी पिन अभियान’ पुनः शुरु भएको छ । गत साउन १८ देखि कार्तिक १८ गतेसम्म सञ्चालन भएको अभियान बिचमा रोकिएको थियो । अभियान प्रभावकारी भएको भन्दै पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय रानीपोखरी महिला सेलले जनाएको छ ।

कार्यालयकी प्रहरी नायव निरिक्षक विमला अधिकारीले प्रहरी टोलीले महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गर्ने बताइन् । अभियान अन्र्तगत काठमाडौं, ललितपुर र भक्तपुरमा गरि ५४ जना प्रहरी परिचालन गरिएको छ । जसमा काठमाडौंमा १० ठाउँमा ३० जना, ललितपुरमा पाँच ठाउँमा १५ जना र भक्तपुरमा ३ ठाउँमा ९ जना प्रहरीहरु सादा पोसाकमा परिचालन गरिएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यस्तै प्रहरी कार्यलय रानीपोखरीले यही पुस दुई गतेदेखि १२ गतेसम्म उपत्यकामा ‘सेफ्टी बुथ सुरक्षित बुथ’ समेत सञ्चालन गरिएको थियो । सो क्रममा सर्वसाधरणले ‘सेफ्टी पिन अभियान’ प्रभावकारी भएको भन्दै निरन्तरता दिन आग्रह गरेको समेत अधिकारीले बताइन् ।
पहिलो पटक तीन महिनाको अवधिमा अभियानका क्रममा प्रहरीले २९ जना विरुद्ध सार्वजनिक मुद्धा चलाएको छ । सो मध्ये अधिकांश यौन दुव्र्यवहार गर्ने र पाकेटमार रहेका छन् । तीन महिनामा ८४ जना पक्राउ परेका मध्ये ५५ जनालाई आफन्तको जिम्मा लगाइएको छ । तीन महिनामा सार्वजनिक सवारी साधनमा अश्चिल हर्कत राख्ने १० जना, शारिरीक यौनजन्य दुव्र्यवहार गर्ने ४२ जना, अपशव्द अश्लिल गाली गलौज गर्ने १६ जना, पाकेटमार ८ जना र अन्य ८ जनालाई पक्राउ गरिएको निरिक्षक अधिकारीले बताइन् । पक्राउ परेमा मध्ये अधिकांश १४ देखि ३० वर्षभित्र रहेका छन् ।

यस्तै बेलुकीको समयमा महिलाहरु बढी यौनजन्य दुव्र्यवहारमा पर्ने गरेको पाइएको थियो । पहिलो चरणको तीन महिनामा उपत्यकामा ३३ समहुमा एक सय प्रहरीहरु सादा पोसाकमा खटिएका थिए । अभियानका क्रममा सार्वजनिक यातयातमा महिला यौनजन्य दुव्र्यवहारमा पर्ने गरेपनि खुलेर नआउने गरेको पाइएको छ । प्रहरीले दुव्र्यवहार गर्नेलाई पक्राउ गरे पनि पीडकलाई प्रहरी समक्ष जिम्मा लगाएर महिलाहरु पन्छिने गरेको निरिक्षक अधिकारीले बताइन् । स्वयम् दुव्र्यवहारमा परेका महिलाहरु खुलेर आएमा प्रहरीले कारबाही बढाउन सहज हुने उनले बताइन् । दुव्र्यवहारमा परेकामध्ये प्रहरीमा उजुरी गर्न जाँदा उल्टो वेइजित भइन्छ भन्ने सोच भएकै कारण प्रहरी समक्ष आउन हिँचकिच्याउँने गरेको उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिवक्ता विष्णु पोखरेलले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्न बनेको ऐन–२०७१ अन्र्तगत सार्वजनिक यातायत, सडक, व्यापार, घरेलु श्रम, पसल कामदार, स्वास्थ्य लगायतका स्थलहरुमा हुने यौनजन्य हिंसाको व्यवहारलाई समेत दण्डनीय अपराधका रुपमा व्याख्या गरेको बताउँछन् ।

सार्वजनिक यातायात लगायतका क्षेत्रमा महिलामाथि यौनजन्य दुव्र्यवहार भएमा सार्वजनिक मुद्धा अन्र्तगत पीडकलाई ६ महिना कैद वा ५० हजार रुपैयाँ सम्मको जरिवाना वा दुवै हुन सक्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com