भारतीयले गुट्खा खाएर जथाभावी थुक्न थालेपछि अमेरिका सरकार हैरान


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, भारतमा गुट्खा खाने मानिसहरुको संख्या करोडौं छ । भारतमा एक दिनमा करिब ७ करोड प्याकेट गुट्खा विक्रि हुने गरेको छ । यो एक गम्भीर समस्या हो । यसले मानिसको ज्यान लिने खतरा भए पनि मानिसहरु यसको प्रवाह नगरी खुट्खा खाने गर्छन् ।

गुट्खा खानाले मुखका क्यान्सरजस्ता खतरनाक रोग लाग्ने सम्भावना बढी हुन्छ । भारतका केही राज्यमा यसलाई प्रतिबन्धसमेत लगाइएको छ । तर, गुट्खाको लोकप्रियता युवादेखि बूढासम्म छ । यसको लोकप्रियताको कारण सस्तो मूल्य नै हो । भारतीयहरुमा सस्तो नशामा फस्ने बानी परेको छ ।

तर, आज गुट्खा अमेरिकासम्म पुगेको छ । गुट्खाका कारण अमेरिकी सरकार हैरान बनेको छ । किनकी यसको खपत दिन प्रतिदिन बढिरहेको छ । यसले सरकारको होस उडाएको बताइएको छ ।

भारतका जनता एक दिनमा करिब ७ करोड गुट्खाको प्याकेट खाने कुरा तपाईहरुलाई जानकारी होला । अमेरिकाको ओहायो राज्यमा पनि धेरै युवा गुट्खा खाने गरेका छन् ।

सरकारी अधिकारी यसलाई ड्रग्सजस्तै देख्ने गरेका छन् र यसलाई प्रतिवन्ध लगाउने सोचमा पुगेको बताइएको छ । अमेरिकाका अधिकारीहरु भारत र नेपालबाट अवैध तरिकाले अमेरिका ल्याइएको बताउछन् । गुट्खा र तम्बखु क्यान्सको मुख्य कारण भएको भन्दै अमेरिकी सरकार यसलाई प्रतिवन्ध लगाउने कोशिसमा छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com