नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन यस्तो आयो नयाँ समय तालिका


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

 

पुस १८, चितवन। चितवनको नारायणगढ मुग्लिन सडक आज ९मंगलबार० देखि रातमा बन्द हुने भएको छ ।

सडक निर्माणलाई तिब्रता दिन आज राति १० बजेदेखि भोलि वबहान ४ बजेसम्म सडकमा गाडी चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

काठमाडौबाट छुट्ने बसहरु राती १० बजेभित्र मुग्लिन बजार पार गरिसक्न र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौ पोखरा जाने बसहरु बिहान ३ बजे रामनगर पार गरिसक्न प्रहरीले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौँबाट नारायणगढतर्फ जाने मालबाहक सवारी भने राति ९ बजे नै लेवाटर पार गरिसक्नुपर्ने र त्यसपछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा बिहान ४ बजेसम्म बस्नुपर्ने हुन्छ ।

त्यस्तै पूर्व वा पश्चिमबाट मुग्लिन तर्फ जाने मालबाहक सवारीहरु राति ९ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्नुपर्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एक लाइनमा बिहान ४ बजेसम्म बस्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले रामनगर(भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ ।

पहाड काट्न काम बाँकी भएका १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक प्रकाशकोसमेत व्यवस्था मिलाइएको छ ।

१६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । अरु स्थानमा भने पिच निर्माणलाई तीव्रता दिईएको छ ।

३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक निर्माणको काम हालसम्म ६७ प्रतिशत मात्रै सकिएको छ । ठेकेदारले समयमै काम नगर्दा सरकारले जरिवाना तिराएर म्याद थप्दै आईरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com