समानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार ः निर्वाचन आयोग


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

 पुस १८, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन ।

आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्नेछ ।

‘क्रमभंग भएको, समावेशी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन भनिएको छ,’ प्रवक्ता घिमिरेले भने ।

२० गतेपछि सच्याउन भनेअनुसार भए(नभएको जाँचबुझ गर्ने र फेरि पनि त्रुटि देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने घिमिरेको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, ‘ऐनको व्यवस्थाअनुसार भएको भए तुरुन्तै निर्णय गरिहाल्छौं तर समावेशी समूह नमिलेको वा आयोगले भनेअनुसार नभएमा निर्वाचित नगर्नेसम्मको व्यवस्था छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com