जेलमै एक महिलाले बच्चा जन्माइन्
प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार
पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन्। घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन्।
गत जेठ महिनामा ठगी मुद्दा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए। उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने गरी व्यवस्था मिलाइएको बताए। मुद्दा चलिरहको छ। त्यसको फैसला नहुँदासम्म उनी यतै रहन्छिन्, श्रेष्ठले भने, ुजेलभित्र सुत्केरीले पाउने सेवा सुविधा र स्याहार पनि सबै पाउने छन्।
कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन्। सुत्केरी खर्च व्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु उनले भने, बन्दी जीवन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ। उनले सुत्केरीका लागि अस्पतालदेखि कारागारसम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए।





