वैदेशिक रोजगारीमा आकर्षण घट्दो


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

 

पुस १८, पर्वत । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम घटेको छ । लामो समयको अस्थिर राजनीति र लगानीको ग्यारेण्टी नहुँदा युवाहरूको विदेश मोह बढेको थियो । तर निर्वाचनपपछि स्थिर सरकार र समृद्धिको आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको हो ।

‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसूस भएको छ ,’ शङ्कर पोखरीका गोविन्द तिवारीले भने, ‘जापान जाने सोच फेरेर यहीँ कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।’

फलेवास नगरपालिका–५ खानीगाउँका सुरेश परियार गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्किएका छन् । गाउँका खाली जमीनमा अलैंचीखेती गर्ने योजना बनाएर आफू कतारबाट घर फर्केको उनले बताए । ‘त्यसका लागि नगरपालिकामा अनुदानको माग गरेको छु,’ उनले भने । सदरमुकाम केन्द्रित अधिकार गाउँ पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला प्रशासनको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो समय विदेश जाने युवा घटेका छन् । राहदानी वितरणको तथ्याङ्कले युवा विदेश पलायन घटेको देखाएको हो । राहदानी फाँटका अनुसार गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको सङ्ख्या घटेको छ । ‘राहदानी लिनेको सङ्ख्या करीब १६ प्रतिशत घटेको छ,’ प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भने ।

अघिल्लो आर्थिक वर्षको ५ महिनामा साधारण र द्रुत गरी १ हजार ८ सय ८८ राहदानी वितरण भएकोमा चालू वर्षको सोही ५ महीनामा १ हजार ६ सय ३१ मात्रै राहदानी वितरण भएका छन् । यो सङ्ख्या हुवासस्थित इलाका प्रशासन कार्यालयको समेत हो । इलाका प्रशासन कार्यालय हुवासले विहादी, महाशिला र पैयुँ गाउँ पालिकाका नागरिकलाई नागरिकता वितरण गर्छ । पछिल्लो समय जारी भएका एक तिहाइ राहदानी भ्रमण उद्देश्यका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विजयी सांसद पदम गिरीले खाडीमा रहेका युवालाई अबको ५ वर्षभित्र देश फर्काउने बताएका थिए । जिल्लामा अहिले मध्यपहाडी राजमार्ग, कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा रहेको भन्दै उनले दुईओटा राजमार्ग बनेपछि रोजगारीका धेरै अवसर हुने आश्वासन दिए । त्यस्तै, कृषिको आधुनिकीकरण, मोदी र कालीगण्डकीमा नयाँ नयाँ जलविद्युत् योजनालाई प्राथमिकता दिने समेत उनको भनाइ छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com