तरकारीमा ८५ प्रतिशतभन्दा बढी विषादी, विषादीकै कारण विश्वमा लाखौको मृत्यु
प्रकाशित मिति : पुस १७, २०७४ सोमबार
पुस १७, काठमाडौ– “घातक विषादी मुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार” भन्ने मुल नाराका साथ सोमबारबाट नेपालमा विषादी प्रयोग मुक्त सप्ताह–२०७४ सुरु भएको छ । पौष १७ देखि २३ सम्म चल्ने यो सप्ताहमा विषादी प्रयोग मुक्त विभिन्न कार्यक्रमहरु संचालन गरिने वाली संरक्षण निर्देशनालयका निर्देशक अच्युतप्रसाद ढकालले बताए ।
सप्ताहले समुदायमा विषादीको नकारात्मक असरबारे जनचेतना अभिवृद्धि गर्नुका साथै विषादीको प्रयोग न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास सरकारको छ ।
सन् १९८४ भारतको भोपालमा विषादी चुहावटको कारणवाट २० हजार मानवीय क्षति तथा ५ लाख भन्दा बढी घाइते भएको घटनालाई स्मरण गर्दै सन् १९९८ देखि विषादी प्रयोग मुक्त दिनको रुपमा विश्वव्यापी मनाउन थालिएको हो । नेपालमा भने यो दिवस कृषि विभाग बालीसंरक्षण निर्देशनालयको आयोजनामा सन् २०१३ अर्थात विगत चार वर्षदेखि मनाउदै आईरहेको छ ।
अन्य देशको तुलनामा नेपालमा प्रति हेक्टर विषादीको प्रयोग निकै कम ९३९६ ग्राम खास विष प्रति हेक्टर प्रति वर्ष० रहे पनि करिब ८५ प्रतिशत भन्दा बढी विषादी तरकारी बालीमा प्रयोग हुने गरेको निर्देशनालयले जनाएको छ ।
गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालमा ५ सय ७४ टन खास विषादी आयात भएको देखिन्छ ,जसमा कीटनासक १ सय ८१ टन, रोगनाशक २ सय ४७।४ टन, झारनासक १ सय ३४।२ टन र अन्य ११ टन रहेको छ । विषादीको आयातको लागि करिव ६९ करोड रुपैया गत वर्ष खर्च भएको थियो ।
मानव शरिरमा यसरी असर गर्छ
मानव शरीरमा श्वास प्रश्वास प्रकृया, छालाको सम्पर्क तथा खानाको माध्यमवाट विषादी पस्ने गर्दछ । जसले विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरु तथा उपभोक्ताहरु
सबैलाई नराम्रो प्रभाव पार्ने गर्दछ । महिला र बालबालिकामा विषादीको प्रभाव बढी हुन्छ ।
विषादीको कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्यु सम्म ल्याउछ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्यूमर, नपुंसकता, वाझोपन, विकृत वच्चाको जन्म, शरीरका विभिन्न अगंहरुमा असर, नशा सम्वन्धि समस्या जस्तै पक्षघात जस्ता समस्या ल्याउने गर्दछ ।
विश्वमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान गरिएको छ । विश्वमा विषादीकै कारणले वार्षिक करिव ३ लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ ।
खतरनाक विषादीहरु मानव स्वास्थ्य र वातावरण दुवैका लागि चुनौती रहेको निर्देशनालयले जनाएको छ । अहिले खतरनाक विषादी लगायतका रसायनहरु मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी उत्पादन र प्रयोग बढिरहेको देखिन्छ । विषादीहरु लक्षित समस्या समाधान गर्नेभन्दा पनि मानव, वन्यजन्तु, पानीका श्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको सरकारको भनाइ छ ।
सरकारले भने रसायनिक विषादीको न्युनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकुल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको ७ जिल्लाहरुमा सामुदायिक आई।पि।एम। श्रोत केन्द्र स्थापना गरेको छ । यसबाट कृषकस्तरमै जैविक तथा वनस्पातिक विषादीको उत्पादन कार्य भइरहेको जनाएको छ ।
२०७१ आषाढ ४ गते देखि कालिमाटी फलफुल तथा तरकारी वजारमा र चालु आ।व। देखि देशका अन्य ६ स्थानमा विषादी अवशेष द्रुत विश्लेषण एकाइ स्थापना गरी विषादीको अवशेष विश्लेषण कार्य भइसकेको छ ।





