प्रदेश राजधानीको माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

 

पुस १७, धनकुटा । प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाइनु पर्ने माग गर्दै आन्दोलित धनकुटाबासिले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा घेराउ गरी धर्ना दिएका छन् । १८ दिन यता विभिन्न चरणबद्ध आन्दोलनमा उत्रेका स्थानीयले सदरमुकामका बजार पसल बन्द गराएका छन् । धनकुटा प्रदेश सभा ‘क’ का सदस्य निरन राईको नेतृत्वमा सदरमुकामस्थित मदनचोकबाट नारा जुलुस सहित देव्रबास स्थित पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पुगेर प्रवेसको प्रयास गरेका आन्दोलनकारीलाई ठूलो संख्यामा खटाइएका सुरक्षाकर्मीले गेटमै रोकेका थिए ।

क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह संयोजकत्वको पूर्वाधार सिफारिस समितिले हचुवाका भरमा धनकुटामा रहेका पूर्वाधारको विवरण मन्त्री परिषद्मा पठाएको भन्दै नाराबाजी गरेपछि पूर्वाञ्चल क्षेत्रीय उप प्रशासक सेवन्तराज दाहाल आन्दोलनको नेतृत्वकर्ता समक्ष सात वटा मन्त्रालयका लागि उपयुक्त पूर्वाधार सिफासिर गरिएको बारे स्पष्ट पारेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com