छुट्टाछुट्टै दुर्घटनाका घाइते दुई जनाको मृत्यु


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

पुस १७, काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकमा सोमबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा ३ ख ५९५५ नम्बरको बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङलाई किचेर घाइते बनाएको थियो।

उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए। त्यस्तै पाँचखाल नगरपालिका ८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७१ प २०१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १८८४ नम्बरको सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर टीकाथली नगरपालिका ४ का २३ वर्षका विनय देउजा गम्भीर घाइते भएका थिए। उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा सोमबार विहान मुत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षकी अमिता आचार्य घाइते भइ धुलिखेल अस्पतालमा उपचाररत छिन्। उनको टाउकोमा चोट लागेको छ। दुर्घटना गराउने दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com