तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् ।

जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताउनुभयो ।

“सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुने गरेको छ, तेजपातको मूल्य पाँच वर्ष यता वृद्धि हुन सकेको छैन,” उहाँले भन्नुभयो । व्यापारीले लामो समयदेखि तेजपातको मूल्य वृद्धि गर्न नमान्दा कृषक मारमा परेका हुन् ।

रौता नामन्तका राजकुमार मगर भन्नुहुन्छ, “स्थानीय तहमा बजार छैन, बाहिर बिक्री गर्न ठेकेदार व्यापारीलाई दिनुपर्छ, उनीहरुले प्रतिकिलो रु ३० भन्दा बढी मूल्य दिन मान्दैनन्् ।” गत वर्ष र यस वर्ष उही मूल्यमा तेजपात बिक्री गर्नुपरिरहेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघले कृषकको समस्याबारे ध्यान नदिँदा मर्कामा परेको कटारी–७ हर्देनीका शेषराज खत्री बताउनुुहुन्छ ।

जिल्लाको मुर्कची, साउने, खाँबु, रौता, आँपटार, इनामे, डुम्रे र सल्ले तावाश्री क्षेत्रमा तेजपात उत्पादन हुँदै आएको छ ।
मयंखु, हर्देनी, सिरीसे, सोरुङ, रुपाटार, ओख्ले क्षेत्रका किसानले व्यावसायिक रुपमा तेजपात उत्पादन गर्दै आएका छन् । जिल्लाको राष्ट्रिय वनमा समेत तेजपात खेती शुरु गरेको सहायक वन अधिकृत लालबाबु यादव बताउनुहुन्छ ।

अहिले निजी र सरकारी वनमा गरी झण्डै दश हजार हेक्टर क्षेत्रफलमा वार्षिक छ लाख किलो तेजपात उत्पादन हुँदै आएको छ । सदरमुकाम गाईघाट र कटारी बजारमा खरिद गरिएको तेजपात स्थानीय बजारमा प्रतिकिलो रु ७० देखि रु ८० तथा विराटनगर, वीरगञ्ज हुँदै अन्यत्र रु १०० भन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com