कौशी वा गमलामा बाह्रै महिना फलाउन सकिने कागती


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

फलफूल तथा तरकारीको उच्च मूल्यले शहरबासी उपभोक्ताको दैनिकीमै असर परिरहेको छ।

गाउँमा सस्तोमा पाइने फलफूल र तरकारी बिचौलियको हातमा परेर शहरसम्म आइपुग्दा ४ गुणासम्म महँगिन्छ। शहरमा घर भएकाहरुसँग खाली ठाउँ भनेको कौशी मात्र हुन्छ। पछिल्ला दिनमा केहीले कौशीमै तरकारी फलाउन थालेका छन्। कौशीमा अब तरकारी मात्रै होइन कागती पनि फलाउन सकिन्छ।

गमला वा आफैँले कुनै ड्रम वा बोरालाई काटी ‘ग्रो ब्याग’ को आकारमा रोपेर फलफूल वा तरकारी फलाउन सकिने कृषि विज्ञहरु बताउँछन्।
वरिष्ठ कृषि विज्ञ राजेन्द्र देवकोटाका अनुसार थोरै जमिन वा गमलाको प्रयोग गरेर खेती गर्न सकिने विभिन्न विधिहरु भित्रिरहेका छन्।

‘पछिल्लो समय कृषिमा विभिन्न आधुनिक प्रविधिहरु भित्रिरहेका छन्। पहिलेको जस्तो जमिन नै छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था अब रहेन’ उनले भने ‘थोरै जमिनको प्रयोग गरेर पनि व्यवसायकै रुपमा उत्पादन गर्न सकिन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खाली जमिनको नाममा कौशी मात्र भएकालाई भरपुर प्रयोग गरेर युरेका जातका कागतीको खेती गर्न उनी सल्लाह दिन्छन्। उनका अनुसार यो जातको कागती गमला, ग्रो व्याग, ड्रम जस्ता भाँडामा रोपेर कौशीमै फलाउन सकिन्छ।

कागतीमा युरेका जात नै किन रु
युरेका जातका कागती नै रोज्नुका पछाडि यसका फाइदामूलक विशेषता नै हुन्। यो वर्षभरि फल्छ। चार महिनाको अन्तरालमा फल दिने भएकाले यसलाई चौमासे कागती पनि भनिन्छ।

यसमा लाग्ने फूल सुगन्धित हुने गर्छ भने फल गाढा पहेलो रंगको हुने गर्छ। तर यसको बोट र पातको रङ्ग सधैं चम्किलो हरियो हुने गर्छ। यसले घरको कौशीलाई नै सुन्दर बगैँचाजस्तै बनाउँछ।

यसको बोट मध्यम आकारको हुने भएकाले गमला, ग्रो ब्याग वा कौशी सुहाउँदो हुन्छ। फलको बोक्रामा तेलको मात्रा धेरै हुने हुँदा यसलाई यूरोप तथा अमेरिकामा सलादको ड्रेसिङ्ग, लेमोनेड़ र बेकिंग कार्यमा बढी प्रयोग गरिन्छ।

कसरी गर्ने खेती ?
यसको बोटमा काँडा नहुने, त्यति धेरै काँटछाँट गरिरहनु नपर्ने हुँदा सुरक्षित तरिकाले बिरुवाको व्यवस्थापन गर्न सकिन्छ।  यूरेका जातको कागती प्राय सबै प्रकारका माटोमा फल्ने गर्छ। यसका लागि कुनै छुट्टै प्रकृतिको जमिन तयार गरिरहनु पर्दैन।

तर पानी नजम्ने तथा प्रशस्त प्रांगारिक मात्रा भएको माटो भने यसको पहिलो सर्त हो। मध्यम गर्मी हावापानी सहन सक्ने यसका लागि तुसारो भने प्रतिकुल हुन्छ।

यस जातको कागतीलाई जमिन, गमला, ग्रो ब्याग वा अन्य भाँडामा रोप्ने हो त्यसै अनुरुप यसको रोपाई विधि फरक हुने गर्छ। जमिनमा रोप्ने हो भने सर्वप्रथम करिब ३० घन सेन्टिमिटरको खाडल खन्नु पर्छ। यसरी खाडल खन्दा निस्केको तलको र माथिको माटोलाई अलग(अलग गरी राख्नुपर्छ।

खाडल खनिसकेपछि त्यसलाई सोही अवस्थामा केही हप्तासम्म घाममा छाडिदिनुपर्छ। यसो गर्दा सो खाल्डो सुक्नुका साथै हानिकारक कीरा तथा रोगका जिवाणु नस्ट हुन्छ।

त्यसपछि प्रसस्त प्रांगारिक पदार्थ राखी खाडल पुर्नुपर्ने हुन्छ। पुर्दा तलको माटोमाथि र माथिको तल हुने गरी पुर्नुपर्छ। यसपछि खाडलको केन्द्रमा बिरुवा रोप्ने र रोपीसकेपछि तत्काल सिंचाई गर्नुपर्छ।

गमला वा अन्य भाँडामा रोपेको खण्डमा भने रोपाइ विधि केही फरक हुन्छ। गमला वा भाँडामा एक भाग माटो, अर्को एक भाग कोकोपिट ९कोकोपिट नभए माटो० र कम्पोस्ट मल मिसाएर रोप्ने ठाउँ बनाइन्छ।

त्यस्तै यसलाई आवश्यक परेमा एउटा भाँडोबाट अर्कोमा सारेर पनि रोप्न सकिन्छ। चिसो मौसममा घरभित्र र गर्मीमा घर बाहिर राखेर समेत यसको खेती गर्न सकिन्छ।

बाहिर जमिनमा रोप्ने हो भने यसको उचाई करिब १५ देखि २० फिटसम्म अग्लो हुने गर्दछ। यसलाई काँटछाँट गरेर सानो बनाउन सकिन्छ।
धेरै फल्ने गुण भएकाले एउटै बिरुवाबाट सानो परिवारका लागि पर्याप्त कागती फलाउन सकिन्छ।

माटो बढी चिसो हुँदा फल झर्ने समस्या देखिन सक्ने भएकाले बिरुवा रोपेको वरिपरि औंला गाढेर माटोको अवस्था आफैले जाँच्न सकिन्छ। यदी २ इन्च जति औँला गाढ्दा चिसो नभेटिएमा मात्र पानी हाल्नुपर्छ।

हावा बढी चल्दा र गर्मी मौसममा यसलाई धेरै पानीको आवश्यक पर्छ। सुक्खा मौसममा गमला वा भाँडामा कागती रोपिएको छ भने ३ देखि ४ दिनको फरकमा पानी हाल्ने गर्नुपर्छ।

रोप्नु अगाडि तथा बिरुवा बढ्दै गएपछि बाङ्गाटिङ्गा, रोग तथा कीरा लागेका हाँगालाई हटाउनु पर्छ।

कति दिन्छ उत्पादन ?
यदी कलमी गरिएको बिरुवा रोपेको खण्डमा त्यसको एक वर्षपश्चात फल दिन सुरु गर्छ। तर बिरुवा रोपेको हकमा भने फल दिन ३ वर्षसम्मको समय लाग्न सक्छ।

एक बोटबाट प्रतिवर्ष एक सयभन्दा बढी दाना कागती फल्छ। राम्रो स्याहार हुने हो भने फलको संख्यामा अझ वृद्धि हुन सक्छ।
हाल बजारमा युरेका जातको कागतीको एउटा बिरुवाको मूल्य ५ सय रुपैयाँसम्म पर्ने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com