रसुवालाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

 

पुस १७, रसुवा। जिल्लालार्इ पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । नेपाल सरकारको सन २०१७ सम्ममा मुलुकलार्इ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत रसुवालार्इ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

आइतबार सदरमुकाम धुन्चेमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा सभामा सतप्रतिशत शौचालय निर्माण भएर प्रयोगमा आएसंगै जिल्लालार्इ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

जिल्लामा साढे दुर्इ वर्षमा ७८ प्रतिशत शौचालय निर्माण भएर कार्यान्वयनमा आएको समितिले जानकारी दिएको छ ।
तत्कालीन अवस्थामा १८ वटा गाविस रहेको जिल्लामा भुकम्प अगाडि ४ वटा गाविसलार्इ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो भने ५ वटा गाविस घोषणाको अन्तिम चरणमा पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाभूकम्प पछिको कठिनाइका बाबजुत लक्षित समयमै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको समितिले जनाएको छ । जिल्लाका केही शहरी इलाकामा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ । पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण नभइसकेको अवस्थामा चुनौतिकाबीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

समितिले आवश्यकता अनुसार शौचालय निर्माण गर्दै घोषणा पुर्ण रुपमा कार्यान्वयन गर्ने जनाएको छ । घोषणा सभामा जिल्लालाइ खुल्ला दिसामुक्त बनाउने नेपाल सरकारको अभियानलार्इ सहयोग गर्ने विभिन्न गैर(सरकारी संघसस्था, जिल्लास्थित सरकारी कार्यालय, राजनितिक दल, पत्रकार लगायतलार्इ कदर(पत्रले सम्मान गरिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com