प्रचण्ड बाबुराम भेटमा सीताले भनिन्, ‘तपाईंहरू मिल्नुपर्छ


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

पुस १७, काठमाडौं, नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्।

चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका बाबुरामले आइतबार बिहान ‘प्रचण्ड’लाई भेटेरै बधाई दिएका हुन्। भेटमा बधाई तथा शुभकामना आदानप्रदानसँगै नयाँ सरकार गठन, देश विकास र समृद्धिको योजना, राष्ट्रियसभा गठन, वाम एकतालगायतका विषयमा कुराकानी भएको छ।

प्रचण्डको नयाँ निवास खुमलटारमा पहिलो पटक पुगेर बाबुराम र पत्नी हिसिला यमीले प्रचण्डलाई बधाई दिएका हुन्। भेटमा प्रचण्डले बाबुरामलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्।

‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो’, भेटपछि कुरा गर्दै नयाँ शक्तिकी नेत्रीसमेत रहेकी यमीले भनिन्, ‘मूलधारको राजनीतिमा सहभागी हुन समेत प्रचण्डले आग्रह गर्नुभएको छ।’ प्रचण्डको आग्रहप्रति धन्यवाद दिँदै बाबुरामले राजनीतिक स्थायित्व र समृद्धिको जनताको चाहनालाई ध्यानमा राख्दै अगाडि बढ्न आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाबुरामको भनाइ उद्धृत गर्दै नेत्री यमीले भनिन्, ‘राजनीतिक स्थायित्व अहिलेको आवश्यकता हो। स्थायित्व नभएसम्म समृद्धिको सपना पूरा हुन सक्दैन त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुहोला।’ प्रचण्डले समृद्धिको योजना बाबुरामसँग भएकाले सँगै अगाडि बढ्दा देश विकास तीव्र गतिमा गर्न सकिने भन्दै एकतामा सहभागी हुन आग्रह गरेको यमीको भनाइ छ।

प्रचण्ड पत्नी सीता दाहालले समेत आइतबारको भेटमा बाबुरामलाई प्रचण्डसँग मिलेर अगाडि बढ्न आग्रह गरेकी छन्। प्रत्येक भेटमा जस्तै सीताले आइतबारको भेटमा तत्काल मिलेर अगाडि बढ्न आग्रह गरेको यमीको भनाइ छ। ‘भाउजू सधैं मिलेर अगाडि बढ्नुपर्छ भन्नुहुन्छ’, यमीले सीताको भनाइ उद्धृत गर्दै भनिन्, ‘तपाईंहरू तत्काल मिलेर अगाडि बढ्नुहोस्। तपाईंहरू अलग भएर होइन सँगै भएर राजनीति गर्नुपर्छ।’

हिसिला र सीताबीच छुट्टै कुराकानी
बाबुराम र प्रचण्डले भेटवार्ता गर्दै गर्दा हिसिलाले सीतासँग छुट्टै भेट गरेकी छिन्। सीता र हिसिलाले पाँच मिनेट छुट्टै बसेर कुराकानी गरेका हुन्। पुत्र प्रकाश दाहालको आकस्मिक निधन हुँदा यमी चुनावी प्रचारका क्रममा गोरखामा थिइन्। प्रकाशको निधनपछि यमीले सीतालाई पहिलो पटक भेटेकी हुन्।

‘सीता भाउजूसँग भेट नभएको धेरै भएको थियो। छोरा प्रकाश बितेको समयमा हामी गोरखामा थियौं, बाबुराम हेलिकोप्टरमा आउनुभयो’, यमीले भनिन्, ‘म आउन सकिनँ। आज भेटेर कुराकानी गरेँ।’ भेटमा सीता भावुक भएपछि पाँच मिनेट मात्र कुरा गरेको यमीले सुनाइन्। ‘धेरै कुरा गर्दा पनि उहाँलाई नरमाइलो हुने भएकाले छोटो कुराकानी गरेँ’, यमीले भनिन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com