नेपालगञ्जमा बलात्कारको आरोपमा एक युवक पक्राउ


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

पुस १६, बाँके– होटलभित्र युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

गुरुङले गएराति नेपालगञ्ज उपमहानगरपालिका–३ स्थित सिग्नेट होटलको कोठा नम्बर ३०५ मा बसेकी बर्दिया बासगढी नगरपालिका–६ घर भएकी १९ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। होटलमा आफ्नो इच्छाविपरीत शारिरीक सम्बन्ध राखेको पीडित युवतीले बताएकी छिन्।
युवतीसँग चिनजान गराइदिने सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com