ठेकेदारले सम्झौता विपरीत उठाए सडक कर, सवारीधनी मर्कामा


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

पुस १६,पाल्पा । पाल्पाका सडकमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएपछि सवारीधनी मर्कामा परेका छन् । जिल्लाबाट बल्ढेङगढी, सत्यवती र जुठापौवा जाने मोटरबाटोमा ठेकेदारले अबैध रुपमा सडक कर उठाएको भेटिएको छ ।

 

स्थानीय ठेकेदार चन्द्रबहादुर सिंजालीले सालझण्डीदेखि साविक गाविससम्म पुग्ने सडकअन्र्तगत जोगदमारमा सडक कर उठाउने गरी टेण्डर भएको भए पनि ठेकेदारले अन्य सडकमासमेत ढाट राखेर कर उठाएका छन् ।

जोगदमारमा मात्र नभई अर्घाखाँची हुँदै ढोरपाटन जाने सडकमा समेत सिंजालीले युवाहरु परिचालन गरी सडक कर लिने गरेको स्थानीयवासी गोविन्द थापाले बताए । थापाले भने( ‘अबैध रुपमा गाडीवालाहरुसँग रकम उठाइएको छ, तर यसको नियमन कसले गर्ने हो थाहा भएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै जसो गाडीवालाहरु पीडित भएपनि खुलेर प्रतिक्रिया दिन आनाकानी गरे । त्यस बाटोमा चल्ने गाडी चालक निरज अघिकारीले ठेकेदारले ढोरपाटन सडक अन्र्तगत इटिहामा साना सवारीसाधनलाई ४० रुपैंया र ठूला सवारीलाई ५० रुपैंया लिने गरेका बताए । जोगदमारमा प्रयोग गर्ने रसिद नै इटिहामा पनि प्रयोग गर्ने गरिएको छ ।

स्थानीय बासिन्दाले साविक जिल्ला विकास समितिका केही पदाधिकारीसँगको मिलेमतोमा चन्द्रबहादुरले मनपरी सडक कर उठाएका आरोप लगाएका छन् ।

ठेकेदार चन्द्रबहादुरले पनि दुईतर्फ सडक कर उठाएको स्वीकार गरेका छन् । उनले भने – ‘सत्यवती जुठापौवा जाने जीपहरु यो बाटोबाट पनि चल्छ । त्यसैले कर उठाइएको हो ।’

तर स्थानीयले ढोरपाटन सडकमा चल्ने सबै सवारीसाधनलाई कर लिने गरेको बताएका छन् ।

गैरकानुनी प्रक्रियाले कर लिएको गरेको भन्दै स्थानीयवासीले जिल्ला समन्वय समिति पाल्पालाई समेत जानकारी गराएका छन् । वार्षिक १ लाख ५० हजार रुपैयाँमा उक्त एकल रुटको टेण्डर भएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com