विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ ।

रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का सूचना आदानप्रदानका लागि पोकेट डायरी लेखिएका फोन नंमा फोन गरी सूचना आदानप्रदानको कार्य गरिँदै आएको थियो ।

विपद् जोखिम क्षेत्रमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन डायरीको सट्टा एप्लिकेशन सञ्चालनमा ल्याइएको हो ।मर्सिकोरका संयोजक सरोज ठाकुरले विपद्का सूचनाको प्रभावकारी आदानप्रदानका लागि मोबाइल एप्लिकेशन तयार गरिएको जानकारी दिनुभयो ।

पूर्वसूचना प्रणालीअन्तर्गत पोकेट डायरीबाट सूचना आदानप्रदान गर्दैै आएका थियौँ उहाँले भन्नुभयो, “डायरी नहेरी सूचना आदानप्रदान गर्न मिल्ने गरी एप्लिकेशन बनाएका छाँै, यो सजिलो र सहज छ ।”

उहाँका अनुसार इडब्लुएस कञ्चनपुर अपलोड गरी एक पटक मोबाइलमा डाउनलोड गरेर राखेपछि इन्टरनेटबिना एप्लिकेशन प्रयोगमा ल्याउन सकिने छ ।

एप्लिकेशनमा पूर्वसूचना प्रणालीअन्तर्गत विभिन्न स्थानमा कार्यरत स्वयंसेवक, सरकारी तथा गैरसरकारी निकायका नाम र नम्बर तथा विपद्सम्बन्धी जानकारी राखिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com