पिर्का प्रहार गरी आफ्नै श्रीमानको हत्या


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

पुस १६, गोरखा । गोरखाको भीमसेन गाउँपालिका ८ बोर्लाङकी हिरादेवी श्रेष्ठले पिर्काले हानेर आफ्नै श्रीमान्को हत्या गरेकी छिन् ।

शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान् केयरमान श्रेष्ठको हत्या गरेलगत्तै उनी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेकी हुन् । प्रहरीका अनुसार श्रीमान्सँग भएको घरयासी झगडामा उनले पिर्का प्रहार गरेको बताएकी छिन् ।

पिर्का प्रहारबाट श्रीमान् केयरमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com