प्रचण्ड भेट्न बाबुराम पुगे खुमलटार


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

काठमाडौं १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई नयां शक्ति पार्टीका संयोजक तथा पूर्व माओवादी नेता बाबुराम भट्टराईसंग भेट वार्ता गरेका छन् ।

बिहान १० बजे प्रचण्डको नयां निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री रहेका भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए।
असोज १७ गतेको बाम गठवन्धनमा हस्तक्षरकर्ता रहेका भट्टराई दुई हप्ता नपुग्दै कांग्रेसको सहयोगमा उमेदबार बन्न तयार भएका थिए । त्यस यता प्रचण्ड र भट्टराईको भेट भएको थिएन ।

भट्टराईले अघिल्लो हप्ता एमाले अध्यक्ष केपी शर्मा ओलाीलाई पनि बालकोट निवासमै पुगेर भेटेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com