बच्चाले भेट्टाए फालिएका बोरामा पाँच करोड रुपैयाँ


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

एजेन्सी-: चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भेट्टाए । ती बोरा खोलेर हेर्दा बोराभित्र झण्डै पाँच करोड रुपैयाँ बराबरका नोट भेटिएका छन् । यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट हुन् ।

भारतको झारखण्ड राज्यको एक गाउँमा भेटिएका यी नोट धुजा धुजा पारेर फालिएका थिए । तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएका हुन् । बिहीबार साँझ झण्डै ४ बजे पुलमुनि खोल्सामा जमेको पानीमा केही बालबालिकाहरु माछा मार्दै थिए ।

उनीहरुले ती बोरा देखे । बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर निस्किएका हुन् ।

प्रहरीले ती बोरा कब्जामा लिएको छ । यी नोट कसैले गैरकानुनी रुपमा आर्जन गरेको कालो धन भएको हुन सक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com