प्रधानमन्त्रि बन्न प्रचण्डलाई प्रस्ताव , पाँच वर्ष सरकार चलाउनुहोस् हामी सहयोग गर्छौ – ओली


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

काठमाडौं,१५ पुस । वाम ‛एकता भाँड्न र विथोल्न धेरै प्रयास भए, प्रचण्ड जीलाई त हामी सहयोग गर्छौं पाँच वर्ष सरकार चलाउनुहोस् भन्ने प्रस्ताव समेत आएछ ।′ मञ्चमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै ओलीले भने , ‛उहाँलाई माया गरेर ५ वर्ष सरकार चलाउ भनेको हो त,? देश विकास गर्न भनेर यस्तो प्रस्ताव आएको हो त ? हैन, यो त विथोल्न खोजेको हो ।′?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता हुन नदिन धेरै प्रयास भैरहेपनि त्यो सफल नहुने बताएका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन समारोहमा ओलीले पार्टी एकताको कुरालाई आमनागरिकले नै अनुमोदन गरेकाले यसमा तलमाथि नहुने प्रष्ट समेत बताए ।

केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावलाई प्रचण्डले पनि अस्वीकार गर्दै आउनुभएको छ उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा ओली भन्दा अगाडि बोलेका प्रचण्डले पनि एमाले र माओवादीबीच एकता हुन नदिन धेरै चलखेल भएको भन्दै यसलाई असफल पारेर आफूहरु अघि बढ्ने बताउनुभयो । दुई पार्टी एक हुने र अब बन्ने वामपन्थी सरकारले देशमा आर्थिक सम्बृद्धि ल्याउने दुवै नेताको दावी छ ।

‛पार्टी एकतालाई विथोल्ने प्रयास अब सम्भव छैन, नागरिकले विश्वासका साथ सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्छौं′ ओलीले भने, ‛नयाँ सरकार गठनसँगै देश आर्थिक सम्वृद्धि र विकासको बाटोमा अघि बढ्छ, बढ्छ । कसैले रोक्न सक्दैन ।′

नयाँ सरकार बन्न नदिन कांग्रेसले संविधानको अपव्याख्या गरेर अड्काउन खोजेको ओलीको आरोप छ । कांग्रेसको नाम नलिइकन ओलीले भने, ‛नयाँ सरकार बन्न नदिन र रोक्न खोज्न प्रयास भैरहेको छ, जुन अलोकतान्त्रिक प्रयास हो ।′

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com