तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन ।

यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।

काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयौं बोरामा राखिएका कटुकीका खात देखिए ।

हुम्लाका ती युवकले केही दिन पहिला यस्ता पालको संख्या ७ वटा रहेको र अरु पालको कटुकी खच्चरमार्फत तिब्बत पुर्‍याइसकेपछि पाल हटाइएको बताए । ‘तिब्बत ढुवानी गर्ने जिम्मा लिएर हामी यहा बसेका हौं । उनिहरूले २० वटा खच्चर भाडामा लिएका छन् । बाकी कटुकी ढुवानी गर्न एक हप्ता जति लाग्ने र ढुवानी सकेपछि पाल हटाएर ताक्लाकोट जाने उनले बताए । भदौको २५ गतेसम्ममा झण्डै डेढ सय क्विन्टल कटुकी तिब्बत पुर्‍याइसकेको र करिब ७० क्विन्टल ढुवानीका क्रममा रहेको उनले बताए ।

काकरकोटबाट झण्डै २ घण्टा हिडेपछि तिब्बतको बैंस भन्ने ठाँउका ३ ओडारमा बसेका बझाङको व्यासी र कैलास गाविसका ४० भरिया रातो च्याउसहित भेटीए । हुम्लाका कुन्साङ लामाले खाना खाएर दैनिक प्रतिकिलो १ हजारका दरले भाडा दिने गरी पठाएको उनिहरूले बताए । लामाको रातो च्याउ तिब्बत पुर्‍याएर दार्चुला खण्डेश्वरीका ४५ भरिया केही दिन पहिले नै फर्किसकेको व्यासीका एक भरियाले बताए ।

बाटोमा भेटिएका यी उदाहरण मात्र हुन । यस अघि साउन र भदौमा यो बाटो भएर सयौं क्विन्टल सतुवा, वनलसुन, पांचऔंले लगायतका विभिन्न जडीबुटी तिब्बत पुगिसकेको तिब्बती सिमा सुरक्षा पोष्ट नजिक होटल सञ्चालन गरेर बसेका हुम्लाका बहादुर लामाले बताएका कान्तिपुरमा खबर छ । ‘यसमा अचम्म मान्नु पर्ने कारण नै छैन, यो वर्ष त धेरै कम मात्र जडीबुटी आएको हो’ उनले भने, ‘बर्सेनि यत्रो मात्रामा जडीबुटी ल्याउछन, माटोको फल न हो कती टिक्छ र अब सकिन लाग्यो होला त्यही भएर यो वर्ष पहिला भन्दा धेरै कम आएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com