भूकम्पपीडितको एक करोड रुपैयाँभन्दा बढी राहत सामग्री जलाइयो


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

पुस १५,, नुवाकोट । २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकालाई वितरण गर्न भनेर आएको राहत सामग्री वितरण नै नगरी नष्ट गरिएको छ।

भूकम्प पीडितका लागि वितरण गर्न भनेर आएको ठूलो मात्राको राहत सामग्री राखेको स्थानमै कुहिएपछि पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो। २०७२ बैशाख र जेठमा प्राप्त भएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा विवाद भएपछि समयमै बितरण नभएको स्थानीयले बताएका छन् । राहत सामग्री भण्डारण गरिएको ठाउँमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले नष्ट गरेको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार एक करोड रुपैयाँ भन्दा बढीका सामग्री नष्ट गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com