मेलम्ची आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको ब्रेक थ्रु


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

पुस १५, चौतारा ।  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य ९ब्रेक थ्रु० भएको छ।

सो खण्डको ८।३ किलोमटिर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ ९ब्रेक थ्रु० सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७।५ किलोमिटर सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ। सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७।५ किलोमिटर सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९।५ किलोमिटर सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको छ।

एसियाली विकास बैंकको ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com