एमाले अध्यक्ष ओलीले तमुल्होसारको शुभकामना दिँदै भने, जिम्मेवारी पूरा गर्नेछौं


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो, गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ

दिनका रुपमा समेत मनाउने गरेका छन्। यस समुदायको मौलिक नयाँ वर्षका रुपमा समेत सम्पूर्ण गुरुङ समुदायको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु”, अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष ओलीले विज्ञप्तिमार्फत एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता हो भनेका छन्। अध्यक्ष ओलीले हालैको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएर देशलाई स्थिरता र विकासमा अघि बढाउने जिम्मा दिएको र त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com