सरकारी कामकाजमा गुरुङ भाषालाई प्राथमिकता


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले सरकारी कामकाजमा गुरुङ भाषालाई प्राथमिकतामा ल्याइने जिकिर गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा बेंसीशहरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य गुरुङले ४ नं प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन र तमु जातिको पहिचान रक्षाका लागि आफू लागिपर्ने बताउनुभयो ।

नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर जातिको भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको नामकरण जातीय र भौगोलिक पक्ष दुवै मिलाएर गर्न सकिने बताउनुभयो ।

लमजुङमा यही पुस १२ गतेदेखि विविध सांस्कृतिक कार्यक्रमका साथ तमु जातिले ल्होसार पर्व मनाइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com