२४ बर्षको ढकमक्क फुलेको उमेर मै दैवले खोसेर लग्यो अस्मितालाई


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

पौडेलको घटनास्थलमै र अस्मिता राइको उपचारको लागि झापाको बि एन्ड सि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ग १२ प ४८३ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाइ फिक्कलको शिखर होटेल अगाडी बाटो क्रस गर्ने क्रममा पछाडिबाट आउदै गरेको मे १ ख १९४२ नम्बरको ट्रकले ठक्कर दिएको थियोे ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ । यो समाचार Najneen Sultana को फेसबुक बाट साभार गरिएको हो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com