पुस १४, ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका (साबिक बलखु १) ७ मा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ। बिहीबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा स्थानीय नवीन लुइँटेलको मृत्यु भएको छ। स्थानीय पुस्कर लुइँटेल र सिन्धुली फिक्कल ६ का झर्के राई गम्भीर घाइते भएका छन्। बलखु भञ्जाङबाट बेसी झर्दै गरेको ना ६ त ४६९८ नम्बरको ट्रयाक्टर ओरालेबाटोमा गति बढी भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी ईश्वरी गिरीले बताए।
घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको र मृतकको पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ओखलढुंगा लगिएको पनि गिरीले जानकारी दिए। ट्रयाक्टर चालक भने फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।