राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

राष्ट्रपति विद्या देवी भण्डारीले अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।

लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि बिहान करिब ११ बजेतिर हस्ताक्षर गरेको उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले बीबीसीलाई बताए।

उनले भने, “राष्ट्रपतिले अध्यादेशमा दलहरुको सहमति कुरिरहनुभएको थियो। उक्त अध्यादेशलाई उहाँले आजै जारी गर्नुभएको छ।”

राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय वा बहुमतीय प्रणाली मान्ने भन्ने विवाद दलहरुबीच जारी रहँदा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दबाब

उक्त अध्यादेश चुनाव अगावै माओवादीसहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपतिलाई पठाएको थियो।

प्रदेश तथा प्रतिनिधि सभा चुनाव लगत्तै राष्ट्रिय सभा चुनावसम्बन्धी सरकारले पठाएको अध्यादेश जारी गर्न भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले दबाब दिँदै आएको थियो।

विपक्षी दल एमालेले भने एकल संक्रमणीय नभइ बहुमतीय प्रणाली अनुसार राष्ट्रिय सभा हुनुपर्ने भन्दै सरकारले प्रस्तुत गरेको अध्यादेशमा विरोध जनाउँदै आएको थियो।

अध्यादेशसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको भोलिपल्ट राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी हुन्।

योसँगै अब राष्ट्रिय सभा चुनावका लागि बाटो खुलेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com