धामीले बनाए छाउपडीमुक्त गाउँ


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

 

पुस १४, जुम्ला छाउपडी प्रथा न्यूनीकरणका लागि जुम्लामा धामीझाँक्री नै सक्रिय भएका छन् । महिनावारी स्वाभाविक प्रक्रिया भएको र धर्मसँग यसको कुनै सम्बन्ध नभएकाले बार्न नहुने भन्दै यहाँका धामीहरू छाउपडीविरुद्ध उभिएका हुन् । धामीहरूले नै अभियानको नेतृत्व लिएपछि अहिले यहाँका अधिकांश गाउँ छाउपडीमुक्त घोषणा भएका हुन् ।

यसअघि गाउँका धामीकै दबाबमा स्थानीय महिलालाई महिनावारीको समयमा गोठमा राख्ने गरिन्थ्यो । तर अहिले यो प्रथा गलत भन्दै धामीहरू छाउपडी प्रथाको विरोधमा उत्रिएपछि गाउँमा छाउपडीमुक्त अभियानले गति लिएको हो । जिल्लाको तिला गाउँपालिकाको डुङरी गाउँका धामीझाँक्री पनि छाउपडीमुक्त अभियानमा सक्रिय भएका छन् । महिनावारी हुँदा ‘छुइ बार्ने’ चलनले गाउँका महिला शारीरिक तथा मानसिक रूपमा पीडित भएको भन्दै गाउँमा रहेका एक दर्जन धामीझाँक्री हिजोआज छाउपडीमुक्त अभियानमा होमिएका हुन् ।

जिल्लाका अधिकांश गाउँमा अहिले पनि महिला महिनावारी हुँदा घरबाहिर छुट्टै छाउगोठमा राख्ने चलन छ । विगतमा महिनाबारी भएका महिलालाई घर आसपास देख्नै नचाहने धामी नै हिजोआज छाउपडीमुक्त अभियानको नेतृत्व गर्न थालेपछि गाउँले दंग छन् । आफ्नो गाउँ, आफैं बनाऔं भन्दै गाउँलाई छाउपडीमुक्त बनाउन धामीहरूले गाउँभरिका महिलापुरुषलाई भेला गराएर महिनावारी बार्न नहुने प्रशिक्षण दिइरहेका छन् । डुङरी गाउँका सन्तके रावत गाउँमा पुजिने सबैभन्दा ठूला मस्टो देवताका धामी हुन् । दुई वर्षअघिसम्म उनी महिनावारी भएका महिला हिँडेको बाटोमासमेत हिँड्दैनथे । तर अहिले उनकै नेतृत्वमा गाउँमा छाउपडीमुक्त अभियान सञ्चालनमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिनावारी हुँदा महिलालाई गाईगोठमा राख्ने गथ्र्यौं, यो त अपराध पो रहेछ ।
कालीबहादुर रावत, धामी

सोही गाँउका अर्का धामी कालिबहादुर रावतले पनि अहिले छुई बार्न छोडेका छन् । ‘पहिला नबुझेर महिनावारी हुँदा महिलालाई गाईगोठमा राख्ने गथ्र्यौं, त्यो त अपराध रहेछ’, उनले भने, ‘अहिले महिनावारी भएको बेला आफ्ना छोरी र बुहारीलाई गोठमा होइन, सफा गरेर घरभित्रै बसाल्न थालेका छौं ।’ गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्थानीय धामीहरूको सोचमा पनि परिवर्तन आएको हो ।

धामीझाँक्री नै अभियानमा जुटेपछि आफूहरूलाई सजिलो भएको स्थानीय सरस्वती रावतले बताइन् । ‘पहिला धामीकै डरले महिनावारी हुँदा गोठमा सुत्थ्यौं, छाउगोठमा बस्दा बलात्कार र जीवजन्तुको सिकार हुने त्रास थियो । अचेल त धामीले नै घरभित्र बस्नुपर्छ भन्न थाले, हामीहरू महिनावारी हुँदा घरभित्र बस्ने आँट गर्न थालेका छौं’, तिला गाउँपालिका–३ की देवीकन्या भट्टराईले भनिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com