राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिकसमेत नभएपछि राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवासँग परामर्श गर्दै राष्ट्रपतिले विधेयकमा राजनीतिक सहमति जुटाउन दलहरुलाई आग्रह गरे पनि मिलविन्दु पहिल्याउन नसकेकाले आफ्नो कर्तव्य र भूमिकाअनुसार अध्यादेश प्रमाणीकरण गर्ने बताइन् ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिले प्रमाणीकरणअघि राजनीतिक नेतृत्वसँगै कानुनविदहरुसँग अध्यादेशका विविध पक्षमा छलफल गरेर अन्तिम निर्णयमा पुगेको बताइन् । सरकारले एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश पठाएपछि शीतल निवासमा दुई महिनादेखि रोकिएको थियो ।

निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभामा ठूलो दल भएको एमालेले बहुमतीय प्रणालीबाट नै राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने अडान लिएपछि विधेयक प्रमाणीकरणमा उल्झन पैदा भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरणपछि पनि राजनीतिक समझदारीका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com