कांग्रेस बैठक रोकेर शितल निवासमा देउवा


प्रकाशित मिति : पुस १४, २०७४ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई केहीवेरका लागी रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

फायल फोटो

फायल फोटो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेकी थिइन् । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उनले प्रधानमन्त्री देउवालाई शितल निवासमा बोलाएकी थिइन् ।
सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com