टिपिएस नविकरणको लागी कांग्रेसवुमन मेंगसंग सामुदायीक अगुवाको आग्रह


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

किरण मरहठ्ठा, न्यूयोर्क,

न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ ।
अमेरिकाले नेपालकै प्रकृतिको संकटमा टिपिएस सुविधि प्राप्त गरेका हैटि लगायतका मुलुकका टिपिएस नविकरण नगर्ने बताइरहेको अवस्थामा नेपाली समुदायका अगुवाहरुले कांग्रेसवुमन म्यांगको न्यूयोर्कस्थित कार्यलयमा बिहिवार विशेष छलफल गरेको हो । 

सो अवसरमा डा. तारा निरौला, मोहन ज्ञवाली र अधिकारकी संयोजक नर्बदा क्षेत्रीले टिपिएस सुविधाले नेपालीलाइ दिएको आर्थिक समाजीक महत्वको बारेमा जानकारि दिदै नविकरणको लागी बिशेष पहल गरिदिन अनुरोध गर्नुभएको थियो । गैरआवसिय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामाले भूकम्प पिडितको बर्तमान अवस्था र टिपिएसग्राहिको अवस्थावारे एनआरएनए अमेरिकाको एक जानकारि पत्र  हस्तान्तर गर्नुभएको थियो ।
नेपालीको घना आवादि भएको क्षेत्रलाइ प्रतिनिधित्व गर्ने मेेंगले टिपिएसको नविकरणको लागी आफु र आफ्नो पार्टि डेमोक्रयाट सधै सकारात्मक रहेको जानकारि दिनुभयो । नेपाली समुदायको योगदानलाइ आफुले सधैँ उच्च मूल्यांकन गरेको बताउदै वहाँले सदनमा आफ्नो पार्टिको बहुमत नभएकोले रिपब्लिकन पार्टिका सांसदहरुलाइ पनि आग्रह गर्न सुझाव दिनु भयो, “नेपालको टिपिएस नविकरणको लागी हाम्रो पार्टि सकारात्मक छ तर सदनमा बहुमत भएकोले रिपब्लिकन सांसदहरुसंग पनि अनुरोध गर्नुहोस,” वहाँले भन्नुभयो । मेंगले होमल्याण्ड सेक्यूरिटीका अधिकारीहरु टिपिएस नविकरण गर्ने मनस्थितिमा नरहेको खुलासा गर्दै थपिन् “यस्तो अवस्थामा तपाइहरुले दबाब बढाउनु जरुरी छ ।”


भेटमा नेपाली समुदायलाइ अमेरिकाको समाजीक राजनीतिक मुलधारमा सहभागी गराउन मेंगले खेल्न सक्ने भूमिका र आप्रवासी मैत्री मानिएको ड्रिम्म एक्टको बारे पनि छलफल भएको थियो । छलफलमा एनआरएनए अमेरिकाका सदस्य संजय थापा, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, गोर्खाली समाजका खललाल भट्ट, संचारकर्मी शैलेस श्रेष्ठ, अक्रुर लुइटेल र किरण मरहठ्ठाको उपस्थिति थियो ।
सो अवसरमा ज्ञवालीले मेंगलाइ नेपाली राष्ट्रिय झण्डा उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com