मिसावट र अगुणस्तरिय उत्पादन गरेको आरोपमा ५० खाद्य उद्योग विरुद्ध मुद्दा दायर


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

 

पुस १३, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालयहबाट चालू आर्थिक वर्षको पहिलो चार महिना ५० खाद्य उद्योगलाई मुद्दा दायर भएको छ। विभागले अनुगमनको क्रममा मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि सोही कसुरमा विभिन्न जिल्ला र प्रशासन कार्यालयमा ५० थान मुद्दा दायर गरिएको विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। गत वर्षको सोही अवधिको तुलनामा १३ वटा मुद्दा कम देखिन्छ।

विभागका प्रवक्ता पूर्णचन्द्र अवस्थीका अनुसार गत वर्ष सोही अवधिमा ६३ वटा मुद्दा दायर गरिएको थियो भने वर्षभरी २५७ संख्यामा मुद्दा लगाइएको थियो। खाद्य तथा गुण नियन्त्रण विभाग र विभागअन्तर्गतका नियकायको अनुगमन टोलीले ४ महिनामा बजार अनुगमन गरी ९०३ नमूना संकलन गरिएकोमा ११५ नमूना अर्थात् १७ प्रतिशत प्रतिकूल फेला परेपछि मुद्दा दायर गरेको हो। सबै भन्दा बढी काठमाडौंमा रहेको विभागबाट १७, हेटौंडा र अन्तर्गतका निरीक्षण एकाइबाट १५ वटा मुद्दा दायर गरिएको छ। त्यस्तै विराटनगर र अन्तर्गतका निरीक्षण एकाइबाट ३, भैरहवा र अन्तर्गतका निरीक्षण इकाइबाट ८, नेपालगञ्ज र अन्तर्गतका निरीक्षण एकाइबाट ३ र धनगढी तथा अन्तरगतका निरीक्षण एकाइबाट ४ मुद्दा दायर भएको छ। सबै भन्दा बढी तेल तथा तेलजन्य उद्योगका १३ मुद्दा दर्ता भएका छन्। त्यस्तै खाद्यान्न, दलहनकबाट बनेका खाद्य पदार्थका १०, दूध तथा दुग्धपदार्थका ९, प्रसोधित पिउने पानीका ४, फलफूल तथा सोबाट बनेका पदार्थ ३, मिठाइका ३ मुद्दा दर्ता गरिएको छ। दर्ता गरिएका मुद्दामध्ये १८ मुद्दा दुषित खाद्य पदार्थका, २५ न्यून गुणस्तरका, ७ लेबल सम्बन्धि मुद्दाहरु रहेका छन्।
थाहा खबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com