यसकारण नेपालगञ्ज जाँदै पूर्वराजा ज्ञानेन्द्रको परिवार, हिमानीसँग नजिक हुन चाहेका पारस यसपटक पनि छुटे, पूर्वराजाले नेपालगन्जबाट यस्तो निर्णय लिने संकेत
प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार
काठमाडौं -: पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज नेपालगञ्जतर्फको भ्रमणमा निस्किने भएको छ । लामो समयदेखि भ्रमणमा नगई काठमाडौँ उपत्यकामा मात्रै सिमित रहेका ज्ञानेनद्र करिब दुई साताको लागी त्यसतर्फ जान लागेको बुझिएको छ ।
पूर्वराजा शाह निजी भ्रमणका लागी नेपालगञ्ज जान लागेको पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकका अनुसार उनीहरु आज दिउसो पौने ४ बजेको फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन् ।
उनीहरु नेपालगञ्जमा करिब दुई सातासम्म बस्न सक्ने स्रोतले जनाएको छ । सो अवसरमा पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उद्घाटन गर्ने बताइए पनि तत्काल भने निरीक्षण मात्र हुने पनि बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रसँग श्रीमती कोमल पनि सँगै जाने सूचना आएपनि पूर्व युवराज पारश शाह भने नजाने बताइएको छ । पछिल्लो समय पूर्व प्रेमीका कन्निकालाई छाडेर काठमाडौँमा नै बसीरहेका पूर्व युवराज पारश शाह परिवार सहित श्रीमती हिमानीसँग नजिक हुन खोजीरहेका बेला उनको नजिक हुने अवसर फेरी गुमेको छ ।