मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ? 


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् ।

१. स्वस्थकर खाना : जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ ।

२. गीतसंगीत : बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न हुनुका साथै दिमागलाई स्वस्थ र सक्रिय बनाउँछ । त्यसैले मौका मिल्नासाथ गीतसंगीत सुन्ने र आनन्द लिने गर्नुपर्छ ।

३. सामाजिक क्रियाकलाप : सामानिक कार्यमा क्रियाशील भएर काम गर्ने ब्यक्तिको दिमाग पनि क्रियाशील र सक्रिय हुन्छ । समाजमा मित्रता कायम गर्नाले मस्तिष्क स्वस्थ रहन मद्दत मिल्छ ।

४. सकारात्मक सोँच : बिषम परिस्थितिका कारणबस तपाइँको सोँचमा सकारात्मक भयो भने मात्र मस्तिष्क स्वस्थ रहन सक्छ । सकारात्मक सोँचले मात्र मस्तिष्क स्वस्थ र सक्रिय बनाउन सकिन्छ ।

५. योग तथा ब्यायाम : बिभिन्न किसिमका हल्का ब्यायाम गर्नाले पनि दिमाग स्वस्थ हुन मद्दत मिल्छ । बिहान बेलुका योग तथा ब्यायाम गर्नु राम्रो हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ र सक्रिया बनाउन सहयोग गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com