एकै नगरपालिकाका दुई वडामा पानिको विषयलाई लिएर विवाद, खानेपानीको पाइप टुक्रा टुक्रा


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

बागलुङ नगरपालिकामा खानेपानी आपुर्तिको विषयलाई लिएर दुई वडाबिच विवाद चर्किएको छ । नगरपालिकाको वडा नं. ४ कुडुले छाप र वडा ५ बान्द्र को करिब १२१ घर परिवारलाई पुग्ने खानेपानी आपुर्तिका लागि पाइप गाडेपछि विवादले उग्ररुप लिएको छ ।

बाग्लुङकै फेदीका स्थानियले वडा ४ र ५ को सिमाना भएर बग्ने पाग्रेखोलास्थित भुतेको छहरोको पानी परापूर्वकालदेखि नै आफुहरुले सिँचाईमा प्रयोग गर्दै आएको र अन्यत्र लग्दा आफुहरुलाई पानी अपुग हुने भन्दै अन्यत्र लान नदिने अडान लिएका छन् भने बान्द्रका स्थानियले आफुहरु एउटै वडाको बासिन्दा भएको र पहिलादेखि नै प्रयोग गर्दै आएको पानी प्रयोग गर्नबाट रोक्न नमिल्ने तर्क गर्दै आएका छन् ।

यसै विवादका बिच शुक्रबार खानेपानी आपुर्तिका लागि गाडिएको १५ सय मिटर लामो पाईप एक पक्षले काटिदिएका छन् । बागलुङ नगरपालिकाको न्यायिक समितिको निर्णयअनुसार गाडिएको पाईपलाई रातारात टुक्रा–टुक्रा पारेर काटिएको हो ।

लामो समयदेखि विवादित विषय समाधान गर्न गठित विवाद समाधान समितिले तत्कलका लागि खोलाबाट २५ एमएमको पाईमा छापामा र १६ एमएमको पाईपमार्फत बानपा–५ को बान्द्रेमा खानेपानी लाने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com