सिन्धुलीमा यो वर्ष जुनारबाट २४ करोड आम्दानी


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

पुस १० सिन्धुली, जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीका किसानले जुनारको बिक्रीबाट यो वर्ष करिब २४ करोड रुपैयाँ आम्दानी गरेका छन्।

मौसम अनुकूल हुँदा जुनारको उत्पादन बढ्नुका साथै उचित जुनार किसानको आम्दानी बढेको हो। जुनार बिक्रीबाट सिन्धुलीका किसान २४ करोड सात लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

सात वर्षदेखि व्यावसायिक जुनारखेती गर्दै आएका सिन्धुली महाभारत क्षेत्रका किसानले कम्तीमा ५० हजारदेखि १३ लाख रुपैयाँसम्म जुनारबाटै प्रतिव्यक्ति आम्दानी लिन सफल भएको जुनार किसान तथा जुनार उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष निर्मलकुमार रम्तेलको भनाइ छ।

‘यो वर्ष जिल्लामा जुनारे बिक्रीबाट झण्डै २४ करोड ७ लाख रुपैयाँ आम्दानी लिएका छौं’, रम्तेलले भने, ‘जुनार उत्पादन गर्ने किसान नै संलग्न रहेको सहकारी संस्थाका माध्यमबाट जुनार बिक्री गर्दा यस्तो आम्दानी गरिएको हो।’ यो अघिल्लो वर्षको तुलनामा भने झण्डै दुई करोड रुपैयाँले कमी हो। अघिल्लो वर्ष २६ करोड रुपैयाँ आम्दानी भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिन्धुलीका महाभारत क्षेत्रअन्तर्गत रतनचुरा, जलकन्या, वाशेश्वर, तीन कन्या, भुवनेश्वरीलगायत क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा लागेका छन्।

गत वर्ष जिल्लाका किसानले जुनार बिक्रीबाट २६ करोड रुपैयाँ आम्दानी ११ हजार टन जुनार बिक्रीबाट २६ करोड रुपैयाँ आम्दानी भएको थियो।

सिन्धुलीका महाभारत क्षेत्रअन्तर्गत रतनचुरा, जलकन्या, वाशेश्वर, तीन कन्या, भुवनेश्वरीलगायत क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा लागेका छन्।

यस वर्ष जुनारखेतीबाट सात लाख रुपैयाँ आम्दानी गरेको तीनकन्याका किसान लोकबहादुर आलेले जानकारी दिए। उनले भने,‘गत वर्ष ६ लाखको हाराहारीमा मात्र आम्दानी भएको थियो यो वर्ष बढेको छ।’

यस्तै बाशेश्वर गाविस ६ का जुनार किसान सोमबहादुर मगरले पनि यस वर्ष झण्डै १० लाख रुपैयाँ जुनार बिक्रीबाट आँदानी लिएका छन्। मगर र आले जस्तै जिल्लाका झण्डै ६ सय जुनार किसानले यस्तो आम्दानी लिएका छन्।

उनीहरूले सिन्धुली सदरमुकाम, राजधानी काठमाडौं, विराटनगर, नारायणगढ, हेटौंडा, वीरगन्जलगायत बजारका साथै छिमेकी मुलुक भारतका बजारसम्म पुर्‍याएर जुनारको बिक्री गरिरहेका छन्। महाभारत क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत नै बनेको जुनारखेतीले राम्रो आम्दानी दिन थालेपछि उनीहरूले जिल्लामा रोजगारकै रूपमा जुनारखेतीलाई विस्तार समेत गर्दै गएका छन्। जिल्लामा करिब ६ सय किसानले हाल एक हजार पाँच सय ४५ हेक्टर जमिनमा जुनारखेती गर्दै आएका छन्। सिन्धुलीमा जुनारको आम्दानीसँगै करिब पाँच हजार किसानले जुनारबाटै रोजगार पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com