सुर्खेतको तरकारी बजारमा आगलागी, करिब ४ करोड बराबरको धनमाल नष्ट


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पुस ८, सुर्खेत । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।

नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएको आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।

आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com