राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ ।
राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन् ।
अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीवार बोलाइएकोे थियो र जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णयाको पक्ष र विपक्षमा मतदान भएको थियो ।
सो मतदान अमेरिकाको विरुद्धमा भएको छ । उक्त मतदानमा जेरुसेलमलाई राजधानी मान्ने पक्षमा निकै थोरै मात्र मत खसेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाले अत्यधिक बहुमतबाट जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
सो प्रस्तावको पक्षमा अर्थात जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए ।
आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोक्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिनुभएको थियो । सो चेतावनी दिने क्रममा उहाँले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने समेत उल्लेख गर्नुभएको थियो ।
मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएकोे छ । महासभामा विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने अपेक्षा मस्यौदाका प्रस्तावकहरूले गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।