मानव बेचविखानको आरोपमा प्रहरीले एक जनालाई पक्राउ


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

पुस ६ काठमाडौं – मानव बेचविखानको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान व्यूराले नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का ४९ वर्षीय सुनबहादुर तामाङलाई बुधबार नुवाकोटबाट पक्राउ गरेको हो ।

तामाङले ०७१ जेठमा एक युवतीलाई फकाई, राम्रो काममा लगाई दिन्छु भन्दै झुक्याएर भारत लगेर बेचेको बताइएको छ । पीडित युवती दिल्लीको कोठीबाट भागेर नेपाल फर्कन सफल भएपछि तामाङ विरुद्ध प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।

तामाङलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरोले विहिबार काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

तामाङले बेचविखान गरेको ठहरिएमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ को दफा ४ को उपदफा २ ९क० र ९ख० कसुर अपराधमा दफा १५ ९१० ङ ९१० अनुसार विदेश लैजानेलाई १० देखि १५ वर्षसम्म कैद र पचास हजार देखी एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com